थाइल्यान्डलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश
काठमाडौं, 28 जुन 2023
मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाईलयाण्ड १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो।
थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका सात खेलाडी शुन्य रनमा आउट भए ।
नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।
यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपलाले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए । यस्तै नरेन भट्टले ४३ बलमा अविजित ५५ र सूर्यांशुले ५५ बलमा ४० रन बनाए ।
थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २–२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले समान १–१ विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपालले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको हो । थाइल्यान्डले यसअघि मलेसियासँग हार ब्यहोरेको थियो ।त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।
यो समाचार पनि पढनुहोस्…