माधव नेपाल : कोशीमा एमालेसहितको सहमतिकै सरकार बनाऔं
काठमाडौं ,14 अक्टोबर 2023
पूर्वप्रधानमन्त्री नेकपाका अध्यक्ष माधवकुमार नेपालले कोशीमा एमालेसहितको सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।माथि गठबन्धन सरकार छ कोशीमा पनि त्यही अनुसार होस् । केन्द्रीय गठबन्धनअनुसार सरकार बनोस् भन्ने चाहाना भए पनि जटिल परिस्थितिका कारण सहमतिकै सरकार बनाउनुपर्नेमा नेपालले बताएका हुन् ।
सहमतिकै सरकार बनाउ आलोपालो गरेर एमाले माइनस गर्ने होइन,’ समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले भने, ‘त्यहाँ जटिलता छ । बहुमत पुर्याउन सकिने अवस्था छैन । सामान्य अवस्था होइन सहमतिकै सरकार बनाऔं ।’
कोशी प्रदेश सरकारको विषय जटिलता खडा भएका बेला केन्द्रीय गठबन्धनभित्र आन्तरिक द्वन्द्वले समस्या देखिए पनि त्यस्तो जटिलता हुने लक्षण भने नभएको उनले दाबी गरे ।
कांग्रेसले आफ्नो समस्या आफैं हल गर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । कोशीमा कुनै पनि राजनीतिक दलबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि अहिले संविधानको धारा १६८ को (५) अनुसार सरकार गठन प्रक्रियामा छ ।









































