Homeसमाचारनेपालनेपाल भित्रने रेमिट्यान्स हालसम्मकै उच्च

नेपाल भित्रने रेमिट्यान्स हालसम्मकै उच्च

नेपाल भित्रने रेमिट्यान्स हालसम्मकै उच्च

काठमाडौं, 20  अक्टोबर 2023

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलानामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो र नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा रहेको पाइएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा श्रम स्वीकृति लिएर एक लाख ६२ हजार ६९४ जना वैदेशिक रोजगारीमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा जानेमा एक लाख ४१ हजार ४४५ जना पुरुष छन् । २१ हजार २४९ महिला छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन र भदौ)मा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपाल भित्रिएको रेमिट्यान्समा २२.१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर दुई लाख दुई हजार १४८ जना वैदेशिक रोजगारीमा गएका थिए । यसरी जानेमा पुरुष एक लाख ८२ हजार ९७७ र महिलाको संख्या १९ हजार १७१ थियो ।

सोको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ३९ हजार ४५४ ले कमी आएको छ ।

विभागका अनुसार ०८० साल साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ र असोजमा ५६ हजार २३५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

०७९ साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ र असोजमा ६२ हजार ७०६ जना वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि वैदेशिक रोजगारीबाट नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०७९/८० मा नेपाल भित्रिएको रेमिट्यान्समा १९.८ प्रतिशतले वृद्धि भएको थियो ।

सोको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ४१ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार ०८० साउनमा एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ र भदौमा एक खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...