भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० जना घाइते
काठमाडौं, 30 अक्टोबर 2023
दक्षिणपूर्वी भारतको आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।दुर्घटना आइतबार राति भएको हो ।
आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । दुर्घटनामा घाइते भएका मानिसहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यतिबेला रेलको लिक मर्मतको काम भइरहेको बताइएको छ ।
गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।









































