HomeFeatureअफ्रिकी देश मौरिसससँग तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुने

अफ्रिकी देश मौरिसससँग तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुने

काठमाडौं, 28 जनवरी 2022

नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मौरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । खेल अघि दुवै टीमले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् । मैत्रीपूर्ण खेल अघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताउनुभयो । उहाले मैत्रीपूर्ण खेल भएपनि सकारात्मक नजिताको अपेक्षा रहेको बताउनुभयो । चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताउनुभयो । सबै खेलाडीहरु लिग खेलेर राष्ट्रिय टिममा आउनु भन्दै उहाले सवै फिट देखिएरहेको बताउनुभयो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने बताउनुभयो । त्यस्तै मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताउनुभयो । मरिससले पछिल्ला साढे दुई बर्षदेखि खासै खेलहरु खेल्न पाएको नपाएपनि अहिलेको  खेलका लागि ४५ दिनको अभ्यास गरेका जानकारी दिनुभयो । कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ । करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ जना खेलाडीलाई नै समेटेर राष्ट्रिय टोली निर्माण गरेका छन् । दुई खेलका लागि फरक फरक टोली बनाएर प्रशिक्षक अल्मुताइरीले नयाँ प्रयोग गरेका छन् । मौरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...