HomeFeatureसंसदीय सुनुवाई सम्बन्धमा बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्ने सांसदहरुको सुझाव

संसदीय सुनुवाई सम्बन्धमा बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्ने सांसदहरुको सुझाव

काठमाडौं, 28 जनवरी 2022

सांसदहरुले संसदीय सुनुवाई सम्बन्धमा बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समिति बैठकमा संसदीय सुनुवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको बिधयेकका बारेमा भएको छलफलका क्रममा उनीहरुले समितिलाई गतिशिल र प्रभावकारी बनाउन बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद सुरेन्द्र पाण्डेले समितिमा हुन सक्ने दलीय हस्तक्षेपलाई रोक्ने गरि कानून आउनुपर्ने बताउनुभयो । समितिमा अनुमोदन वा नाम फिर्ताका बिषयमा दुईतिहाई वा बहुमतको व्यवस्था बारेमा पनि स्पष्ट हुनुपर्ने उहाको भनाई छ । त्यस्तै सांसद भीमसेनदान प्रधानले समितिमा दलीय ह्वीप प्रभावित हुदा सहि व्यक्ति चयन हुन नसक्ने देखिने भएकाले यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै सांसद देवप्रसाद गुरुङले समितिमा आएका सिफारिस गर्नुको बिकल्प नदेखिएकाले  समितिको प्रभावकारीता नदेखिएको बताउनुभयो । समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गर्नुपर्ने उहाले बताउनुभयो । बैठकमा नेपाल कानून आयोगका सचिव लीलादेवी निरौलाले सिफारिस भएका व्यक्तिहरुको अनुमोदनका क्रममा सम्बन्धीत मन्त्रालयसंग अनुसन्धान गर्नेगरि कानून निर्माण सहितको प्रारम्भीक ड्राफ्ट तयार भएको बताउनुभयो । उहाले दुई तिहाईबाट अनुमोदन गर्ने बिषयलाई पनि छलफलका लागि समावेश गरिएको जानकारी दिनुभयो । छलफलपछि समिति सभापति लक्ष्मणलाल कर्णले ड्राफ्टमाथि अन्तिम छलफल गर्ने र पास गर्ने अधिकार रहेको कानून समितिका सदस्यहरु पनि छलफल गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...