HomeFeatureअब 10 करोड बढी घुस लिनेलाई 14 वर्षसम्मको कैद सजाय

अब 10 करोड बढी घुस लिनेलाई 14 वर्षसम्मको कैद सजाय

काठमाण्डौँ, 22 मई 2020

10 करोडभन्दा बढी घुस लिनेलाई 14 वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ। शुक्रबार भ्रष्टाचार निवारण ऐन, 2059 लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा 10 करोडभन्दा बढी घुस लिनेलाई 10 देखि 14 वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो। समिति सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको छ। 1 करोड देखि 10 करोड सम्म घुस लिने व्यक्तिलाई 8 देखि 10 वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ। यसअघि 1 करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि 10 वर्षसम्म कैद र घुस (रिसवत) लिएको रकम जफत हुने प्रावधान थियो। 1 करोडसम्म घुस लिने व्यक्तिलाई 4 देखि 8 वर्षसम्म कैद हुने प्रावधान थपिएको छ। ‘‘50 हजार रुपैयाँसम्म घुस लिएमा 1 देखि 6 महिना कैद, 50 हजार देखि 1 लाखसम्म घुस लिएमा 6 महिनादेखि 1 वर्ष कैद, 1 देख 5 लाखसम्म घुस लिएमा 2 देखि 2 वर्ष कैद, 5 देखि 25 लाखसम्म घुस लिएमा 2 देखि 4 वर्षसम्म कैद हुने विषयमा सहमति जुटेको छ’’, सभापति गुरुङले भन्नुभयो, ‘‘25 लाख देखि 50 लाखसम्म घुस लिनेलाई 4 देखि 6 वर्ष कैद, 50 देखि 1 करोड घुस लिएमा 4 देखि 8 वर्षसम्म कैद, 1 करोड देखि 10 करोडसम्म घुस लिएमा 8 देखि 10 वर्षसम्म कैद र 10 करोडभन्दा बढी रकम घुस लिएमा 10 देखि 14 वर्ष सम्म कैद हुने र घुस लिएको रकम जफत गरी सोही अनुसारको जरिवाना गर्ने विषयमा सहमति जुटेको छ।’’

दफावार छलफमा सांसद रामनारायण विडारीले घुस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।

सांसद प्रमिला कुमारीले जति ठूलो रकम घुस लियो त्यती नै बढी कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो। अर्बौँ रुपैयाँ घोटाला गर्नेलाई कम्तिमा पनि 20 वर्ष कैद सजाय हुनुपर्ने उहाँले बताउनुभयो।

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धीको पक्षराष्ट्र भएकाले सरकारी, नीजि क्षेत्र तथा राजनीतिक क्षेत्रमा हुने भष्टाचार नियन्त्रणलाई व्यवस्थित गर्न पनि ऐन संशोधन थालिएको उहाँले बताउनुभयो। ऐन संशोधनपछि सरकारी सेवाका क्षेत्र तथा नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा कुन तहसम्म जान सकिन्छ भन्ने विषयको टुंगो लाग्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...