काठमाण्डौँ, 22 मई 2020
नेपालमा कोरोना संक्रमितको संख्या 500 नाघेको छ। पछिल्लो पटक 20 जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या 507 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा 14 र सूदुरपश्चि प्रदेशका विभिन्न जिल्लामा 5 जना नयाँ संक्रमित थपिएका छन्। बैतडीको शिवनाथ 1 का 22 वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका 28 वर्षिय पुरुष र कैलालीका 19, 23 र 26 वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। उनिहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो। यसैगरी बाँकेटमा 13 जनामा संक्रमण देखिएको छ। भेरी अस्पतालमा भएको परीक्षणमा 18 देखि 61 उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो। 13 जना नरैनापुरका छन्। 1 जना राप्ती सोनारीका रहेका छन्। यस्तै मोरङको रतुमाइका 41 वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ।
शुक्रबार एकै दिन 21 जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका 8 का 21 जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो। डिस्र्चाज हुनेहरुमा 9 जना महिला र 12 जना पुरुष रहेका छन्। 1 देखि 60 वर्ष उमेर समूहका उनिहरु 17 देखि 20 औं दिनमा निको भएर डिस्चार्ज भएका हुन्। यस्तै अहिलेसम्म प्रदेशनम्बर 1 मा 26, प्रदेश नम्बर 2 मा 6 जना, बागमती प्रदेशमा 9, गण्डकी प्रदेशमा 2 र सुदूरपश्चिम प्रदेशमा 5 जना निको भएर घर फर्किएका छन्।
पछिल्लो 24 घण्टामा पीसीआर विधिबाट 3 हजार 819 जनाको नमुना परीक्षण भएको छ। आरडिटी विधिबाट 3 हजार 421 जनाको परीक्षण भएको छ। अहिलेसम्म विधिबाट 42 हजार 488 र आरडीटी विधिबाट 82 हजार 116 जनाको नमुना परीक्षण भएको छ।
प्रदेश नम्बर 1 मा 9 हजार 920, प्रदेश नम्बर 2 मा 6 हजार 295, बागमती प्रदेशमा 19 हजार 93 र गण्डकी प्रदेशमा 7 हजार 18 जनाको आरडीटी परीक्षण भएको छ। यसैगरी प्रदेश नम्बर 5 मा 11 हजार 481, कर्णाली प्रदेशमा 8 हजार 601 र सूदुरपश्चिम प्रदेशमा 19 हजार 708 जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।
यसैगरी प्रदेश नम्बर 1 मा 58 जना, प्रदेश नम्बर 2 मा 155, बागमती प्रदेशमा 18 र गण्डकी प्रदेशमा 3 जना आइसोलेसनमा उपचाररत रहेका छन्। यसैगरी प्रदेश नम्बर 5 मा 203 जना, कर्णाली प्रदेशमा 1 र सूदुरपश्चिम प्रदेशमा 5 गरी 433 जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताउनुभयो।
प्रदेश नम्बर 1 मा 1 हजार 414, प्रदेश नम्बर 2 मा 5 हजार 906, बगमती प्रदेशमा 4 सय 78 र गण्डकी प्रदेशमा 678 जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै प्रदेश नम्बर 5 मा 15 हजार 989, कर्णाली प्रदेशमा 735 र सूदुरपश्चिमा 2 हजार 629 गरी देशभरी 27 हजार 829 जना क्वारेन्टाइनमा रहेका छन्।









































