रुपन्देही संवाददाता, 8 मार्च 2021
अर्घाखाँची ढिकुरा रुपन्देही समाजको चौथो अधिवेशन तथा प्रथम साधारण सभाबाट डिल ब. थापाको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति र ३ सदस्सीय लेखा समिति सर्वसम्मत रुपमा गठन भएको छ ।
रुपन्देही, अर्घाखाँची जिल्लाको साविक ढिकुरा गाविस सँग सम्बन्धित रहेर गैर राजनैतिक सामाजिक क्षेत्रमा उल्लेखनीय रुपमा काम गर्ने अठोटका साथ ढिकुराबाट रुपन्देहीमा विभिन्न पेशामा कार्यरत ढिकुरेलीहरुले सञ्चालन गर्दै आएको सामाजिक संस्था हो, यो अर्घाखाँची ढिकुरा रुपन्देही समाज ।
साल २०७२ मा अर्जुन घिमिरेको नेतृत्वमा गठन भई सामाजिक क्षेत्रमा उल्लेखनीय रुपमा कार्य गर्दै अघि बढेको समाज साल २०७६ मा आएर राम प्रसाद पोख्रेल नेतृत्वको तेस्रो कार्यकालमा दर्ता सहित अग्रसर भएर अघि बढेको छ । दोस्रो कार्यकाल डिल ब. थापाको नेतृत्वमा गठन भएको थियो ।
अहिले चौथो कार्यकाल भनिएतापनि नेपाल सरकारको निति नियम अनुसार दर्ता प्रक्रियाबाट अघि बढेकोले प्रथम साधारण सभाको रुपमा विगत राम प्रसाद नेतृत्वको कार्यकाल सम्पन्न भएको हो ।
यसरी सम्पन्न भएको चौथो अधिवेशन एवम् प्रथम साधारण सभाको कार्यक्रममा संस्थाका अग्रजहरुको सम्मान गरिएको थियो । सँग सँगै समाजमा विशेष योगदान पुर्याएका समाजका कृयाशील सदस्यहरुलाई पनि कदर पत्र र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सँस्थापक सल्लाहकार समेत रहनुभएका, सधै सँस्थाको लागि सहयोगि भुमिका निर्वाह गर्ने आदरणीय व्यक्ति जेष्ठ नागरीक देब ब. खासुलाई विशेष सम्मानका साथ दोसल्ला ओडाईको थियो ।
समाजका अध्यक्ष राम प्र. पोख्रेलले अध्यक्षता गरेको सो कार्यक्रममा बुटवल उपमहानगर पालिका शहरी विकास योजनाका अध्यक्ष एवम् राष्ट्रिय जनमोर्चा नेपालका पूर्व केन्द्रिय कोषाध्यक्ष तथा वर्तमान नेकपाका नेता निमानन्द गैरे प्रमुख अतिथि रहनुभएको थियो ।
उपाध्यक्ष भुवन दर्लामीले स्वागत मन्तव्य दिएको कार्यक्रममा सँस्थापक अध्यक्ष अर्जुन घिमिरे, पूर्व अध्यक्ष डिल ब. थापा, नेकपा नेता एवम् समाजका सल्लाहकार सदस्य भक्तिराम घिमिरे र जेष्ठ नागरीक आदरणीय समाजसेवी श्यामलाल भट्टराई विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
सचिव गोविन्द पोख्रेलले संचालन तथा सचिवको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा अतिथिहरुको रुपमा पूर्व शिक्षक एवम् समाजसेवी बामदेव घिमिरे, पूर्व शिक्षक एवम् समाजसेवी रामचन्द्र घिमिरे, पूर्व शिक्षक एवम् समाजसेवी डिल्लीराज घिमिरे, साविक ढिकूरा वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष भोजराज घिमिरे, जेष्ठ नागरीक देव ब. खासु, आदरणीय समाजसेवी निर्मला गैरे र लक्ष्मिदेवी घिमिरे अतिथिको रुपमा रहनुभएको थियो ।
कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजलाई यदि साच्चै कृयाशील बनाउने हो भने, योगदान दिने अठोटका साथ काम गर्न जरुरी छ । जे गर्छ आर्थिक पाटोले नै गर्छ भन्दै मरासिनीले थपे, आर्थिक पाटो दरिलो भए सँस्था नै दरो हुने देखिन्छ । तसर्थ समाजले के दिन्छ, हैन की समाजलाई के दिन सकिन्छ ? भनेर कृयाशील हुन जरुरी छ, भनेका थिए ।
अध्यक्ष राम प्र. पोख्रेलले उद्घाटन सत्रको समारोहमा बोल्दै समाजलाई समाजको रुपमा कृयाशील गर्न जरुरी भएको देखेर समाजका लागि केहि गरौ भन्ने दृढ विस्वासका साथ आफुहरुले आफ्नो कार्यकालमा सँस्था दर्ता, रक्तदान कार्यक्रम, देउसी भैलोका कार्यक्रमहरु अर्थात जटिल देखिएका केहि कामहरु अग्रसरताका साथ सम्पन्न गरेको वताउदै यो अग्रसरतामा साथमा साथ र काँधमा काँध मिलाउने पदाधिकारी साथीहरु र अझ बढि जो पदमा नरहेर पनि कृयाशील रहि सहयोग गर्नुभयो, सबैलाई धन्यवाद ज्ञापन सहित नयाँ बन्ने कार्यसमितिलाई अग्रीम शुभकामना दिनु भएको थियो ।
प्रमुख अतिथि निमानन्द गैरेले मानिस सामाजिक र राजनैतिक प्राणी हो, भन्दै समाजमा यस्ता गैर राजनैतिक सामाजिक संघ सँस्थाहरुले गरेका कामहरुको अवमूल्यन गर्न नहुने वताउनु भयो । वहाँले अघि थप्नुभयो, राजनिति आ–आफ्नो ठाउमा होला तर यस्तो कार्यक्रममा आउदा राजनितिको र पनि उच्चारण हुदैन र गरिदैन पनि ।
यो समाज हाम्रो आफ्नै हो भन्दै गैरेले यो समाजका लागिे हर सम्भव साथ, समर्थन र सहयोग रहने वताउनु भएको थियो ।
रुपन्देही ढबाहस्थित मिलन पार्कको स्टल नम्बर १५ सम्पन्न सो कार्यक्रममा डिल ब. थापा, बामदेव घिमिरे लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
चौथो अधिवेशन तथा प्रथम साधारण सभाबाट डिल ब. थापा अध्यक्ष सहित १५ सदस्सीय कार्यसमिति र ३ सदस्सीय लेखा समिति सर्वसम्मत रुपमा गठन भएको छ ।









































