HomeFeatureअष्ट्रेलियामा लकडाउनको बिरुद्ध सडकमा मानिसहरु

अष्ट्रेलियामा लकडाउनको बिरुद्ध सडकमा मानिसहरु

सिड्नी, 21 अगस्त 2021

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको विरोध गर्दै अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ । सिड्नी, मेलबर्न लगायतका सहरमा सरकारद्वारा घोषणा गरिएको लकडाउनको उल्लंघन शनिबार गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा केही स्थानमा झडपसमेत भएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा अधिकारीले लकडाउनलाई रोक्नका लागि सयौं सुरक्षाकर्मी परिचालन गरेका थिए । समाचारमाध्यमहरुका अनुसार अष्ट्रेलियाको करिब आधा जनसंख्या अहिले लकडाउनमा रहेका छन् । लकडाउनका विरुद्धमा शनिबार आयोजित प्रदर्शन असफल बनाउनका लागि न्युसाउथ वेल्समा करिब १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सार्वजनिक सवारीका साधन ट्याक्सी, राईड्स सेयरलाई शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म सिड्नीमा यात्रु ओसार्न प्रतिबन्ध लगाइएको समाचारमा बताइएको छ । केही साताअघिसम्म अत्यन्तै न्यून संख्यामा रहेको अष्ट्रेलियाको कोरोना भाइरस संक्रमण पछिल्लो समयमा दैनिक बढिरहेको छ । अहिले सिड्नी, मेलबर्न र राजधानी क्यानबेरामा लकडाउन लगाइएको छ भने अन्तरराज्य सिमानासमेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...