HomeFeatureमाधव नेपाललाई छाडेका नेताहरु पाँच दिन भित्र आफूहरुकै पार्टीमा आउने दावी: मेटमणि...

माधव नेपाललाई छाडेका नेताहरु पाँच दिन भित्र आफूहरुकै पार्टीमा आउने दावी: मेटमणि चौंधरी

काठमाण्डौ, 21 अगस्त 2021

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनु भएको छ । नेता चौंधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दावी समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो, ‘म भन्न चाहन्छुपाँच दिन भित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले नौं गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।

नेता चौंधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको पनि बताउनु भयो ।कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई आग्रह गर्नु भयो । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बूँदे सहमती कार्यान्वयन गरेर अघि बढन तयार रहेको उहाँको भनाई थियो ।नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरुमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गर्नु भयो भने वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन दवाव दिनु भयो । उहाँले आफूहरु पार्टी एकताको पक्षमा उभिएको पनि पटकपटक दोहोर्याउनु भयो ।नेता गैरेले दुई तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...