HomeFeatureअसम भागोपको नवनिर्वाचित आठौं कार्यसमितिद्वारा शपथ ग्रहण

असम भागोपको नवनिर्वाचित आठौं कार्यसमितिद्वारा शपथ ग्रहण

गुवाहाटी, १४ मार्च

भारतीय गोर्खा परिसंघ असम राज्यको आठौं कार्यसमितिका नवनिर्वाचित सदस्यहरुले शनिबार गुवाहाटी, नारेङ्गीस्थित एल.जी. टावर परिसरमा शपथ ग्रहण गरेका छन । भारतीय गोर्खा परिसंघ असम राज्यिक समितिको आठौं नव-निर्वाचित पदाधिकारीहरूलाई भागोप राष्ट्रीय उपाध्यक्ष नित्यानन्द उपाध्यायले शपथ ग्रहण गराउनु भएको हो ।

आठौं भागोप असम राज्यिक समितिमा सभापतिको रूपमा प्रकाश दाहाल, कार्यकारी सभापतिको पदमा ललित सुब्बा र मूल-सचिवको पदमा विमल प्रधानले भागोप संविधानप्रति आस्था राख्दै शपथ लिए। त्यसै सभामा मोठ 21 जना सदस्य – सदस्याहरूलाई पनि शपथग्रहण गराईएको छ।


यस सभामा विगत 15 र 16 फरवरी, गुवाहाटीमा सम्पन्न राष्ट्रीय परिषद सभाको आय-व्ययको व्योहोरा पनि प्रस्तुत गरियो । त्यसलाई सभाले सर्व-सम्मतिकोसाथ अनुमोदन गरेको छ। अन्तमा, भागोपको राष्ट्रीय अवधारणालाई अक्षुण्ण राख्दै असमको विभिन्न जिल्लाहरूमा जिल्लास्तरीय शाखा समितिहरू खोली भागोपको प्रचार-प्रसार लगायत असमेली गोर्खाहरूको जातीय समस्याहरूको समाधान सुत्र खोज्ने निर्णय पनि नव-निर्वाचित समितिले लिएको छ ।

उक्त सभामा विभिन्न जिल्लाहरूबाट 60 भन्दा बढ़ी प्रतिनिधिहरूको जमघट भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...