HomeFeatureअसोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ

काठमाडौं, 23 सितम्बर 2021

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए । भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमती भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पार्नुभयो । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

महासचिव सिटौलाले भन्नुभयो, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, नेपालीहरुको महान पर्व विजयादशमी,दीपावली, छठ लगायतका यी महत्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एकमहिना, १५ दिन पहिला गर्ने गरिन्थ्यो, परम्परा आएको थियो, पोहोर कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढंगबाट यात्रुहरु पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरुको व्यवस्थापन गर्यौं, नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन, जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलिसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छौँ, सडक विभागलाई फास्ट ट्रयाकमा ग्राभेल गरेर खाल्डोहरु पुर्ने काम दुर्घटना न्यूनिकरण हुन्छ र यात्रुहरुले पनि सहजता पाउँछन्, बाटोमा पनि कसैले अवरोध नगरी सरासर आउने वयवस्था हुनुपर्छ, अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ, वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो प हामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभाग मार्फत् भनेका छौँ,नागरिक सहायता कक्षहरु सञ्चालनमा ल्याइएको छ, भने सबै प्रदेश र जिल्लाहरुमा पनि राख्ने छलफल भएको छ । बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जवाफदेही हामी हुनेछैनौँ, असोजको ११ गतेबाट अग्रिम टिकटको शुरुवात हुन्छ, त्यहाँबाट ठाउँ, यात्रुको चापको परिस्थिती हेरेर क्रमशः अघि बढ्छौँ ।

महासंघका महासचिब सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिनुभयो । उहाँले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...