HomeFeatureआइएमईले गर्यो २०७८ का चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबल अफरका...

आइएमईले गर्यो २०७८ का चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक

काठमाडौं, 18 नवम्बर 2021

आइएमईले २०७८ का चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । बिहीबार प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट हुनुभएको छ । बिजेताले १२ लाख ५२ हजार ४६४ रुपैयाँ जित्नुभएको छ । उहाँले युएईबाट आइएमई गर्नुभएको थियो । आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गर्नुभएको हो । कार्यक्रममा अन्य साप्ताहिक बिजेताहरुपनि घोषणा गरिएको थियो । कार्यक्रममा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई डिजिटलाईजेशन गर्ने गरि काम सुरु गरिएको बताउनुभयो । उहाले रेमिट्यान्सबाट आउने पैसालाई लगानी गर्न सके विदेशमा दुख गरेको आर्जनको फाइदा लिन सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो । ५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...