काठमाडौं, 17 जनवरी 2022
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना महामारी कम भए आगामी ६ महिनाभित्र तयारीमा रहेका कामदारलाई दक्षिण कोरिया पठाउन सक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएका व्यक्तिहरुको छलफलका क्रममा ईपीएस प्रणाली पास गर्दै प्रक्रियामा रहेकाहरुलाई ६ महिलाभित्र पठाउने सरकारको तयारी रहेको बताउनुभएको हो । उहाले कोरोना महामारी बढ्दै गए वा जहाज चल्न नसक्ने अवस्था भने केहि केहि समय ढकेलिन सक्ने पनि बताउनुभयो । आफै कोरिया पुगेर श्रम समस्या समाधान गर्न आफु तयार रहेपनि कोरोना महामारी बाधक रहेको उहाले बताउनुभयो । छलफलका क्रममा ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएका कामदारहरुले लामो समय आफुहरु उड्न नपाउदा समस्या भएको गुनासो गरेका थिए ।









































