17 जनवरी 2022
एकीकृत समाजवादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मन्च भारतले आफ्नो केन्द्रीय समिति पुनर्गठित गरेको छ। 16 जनवरीमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले निवर्तमान अध्यक्ष अशोक थापा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा भारत प्रवासमा इन्चार्ज मनोनीत हुनु भएकोले केन्द्रीय समिति पुनर्गठन गरेको हो। राम बहादुर डीसी अध्यक्ष रहेको उक्त केन्द्रीय समितिमा 75 जनाको नयाँ समिति गठन भएको छ। जसमा वरिष्ठ उपाध्यक्ष, भीम बहादुर भण्डारी लगायत 5 जना उपाध्यक्षहरु भीम भण्डारी, रतन थापा, विष्णु पौडेल, गुणेन्द्र नाथ योगी, महासचिव-कटक शाही, उपमहासचिव-बेद प्रकाश भण्डारी, कोषाध्यक्ष-केशर रावल, सहकोषाध्यक्ष-राजेन्द्र शाही, सहकोषाध्यक्ष-प्रेम ब.बस्नेत, सचिव-कृष्णसिंह सोडारी, सचिव-डिएम बुढा, सचिव-चन्द्रा थापा, सचिव-सान्ति शर्मा, सचिव-मान ब.विश्वकर्मा, कार्यालय सचिव-कवि कार्की, सचिवालय सदस्यहरु, बिरेन्द्र बडुवाल, कालुसिंह बि.क., राधा रावल, दिपक बोहोरा, खम्मसिंह बुढा, नैनसिंह आउजी, महेश पौडेल, अमृता थापा र 50 जना सदस्यहरु मिलाएर सो समिति बनेको हो, जसमा सल्लाहकारमा , प्रमुख सल्लाहकार विष्णु गिरी, मुक्ति ढकाल र थानेश्वर भट्टराई रहेका छन। इन्चार्जहरुमा, दिल्ली -बेद प्रकाश भण्डारी, महाराष्ट्र-बिरेन्द्र बडुवाल, मध्य प्रदेश-विष्णु पौडेल, उत्तर प्रदेश-रतन थापा, आन्ध्र प्रदेश-गुणेन्द्र नाथ योगी, पंजाब-महेश पौडेल रहेका छन। नवनिर्वाचित पदाधिकारीहरुलाई भारत प्रवास इन्चार्ज अशोक थापाले मन्चको विधान, पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।









































