काठमाडौं, 6 जुलाई 2020
आजदेखि काठमाडौं उपत्यका लगायत जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली लागू भएको छ। काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू भएको छ । नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक सवारीसाधन सञ्चालनमा लागि जोर बिजोर प्रणाली लागू भएको बताएको छ। जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्नेगरी आजदेखि उक्त व्यवस्था लागू भएको छ । काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन। जोर बिजोर प्रणालीलाई कार्यान्वयन गराउन बिहानै देखि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ। तरपनि सडकमा सवारी साधनको चाप उच्च देखिएको छ । यससँगै सरकारले होटल रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न समेत निषेध गरेको छ ।









































