HomeFeatureजम्मु कश्मीरको नयाँ उप-राज्यपालमा बीजेपी नेता मनोज सिन्हा नियुक्त

जम्मु कश्मीरको नयाँ उप-राज्यपालमा बीजेपी नेता मनोज सिन्हा नियुक्त

नयाँ दिल्ली, 6 अगस्त 2020

भारतको केन्द्र शासित प्रदेश जम्मू-कश्मीरको नयाँ उप-राज्यपालमा पूर्व केन्द्रीय मन्त्री एंव भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोज सिन्हा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामनाथ कोविन्दले सिन्हालाई जम्मू-कश्मीरको नयाँ उप-राज्यपालमा नियुक्त गर्नुभएको हो ।

मनोज सिन्हा पहिला गाजीपुरबाट सांसद थिए । मोदी सरकारको पहिलो कार्यकालमा मनोज सिन्हा मन्त्री पनि रहेका थिए । तर 2019 को लोकसभा चुनावमा उनि हारेकाले यस पटकको केन्द्रीय मन्त्रिमण्डलमा अटाउन सकेका थिएनन् ।

यसअघि राष्ट्रपतिले उपराज्यपालबाट राजिनामा दिनुभएका गिरीश चन्द्र मूर्मूको राजिनामा स्वीकार गर्नुभएको थियो ।

1985 ब्याच गुजरात क्याडरका आइएएस अधिकारी गिरीश चन्द्र मूर्मूले बुधवार साँझ पदबाट राजिनामा दिनुभएको थियो । जम्मू-कश्मीरबाट अनुच्छेद 370 हटाएको एक वर्ष पुरा हुनेबित्तिकै उहाँले राजीनामा दिनु भएको थियो । उहाँलाई गत वर्ष अक्टुबरमा उपराज्यपालमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...