HomeFeatureआज देशका मुख्य नदीहरुमा जलस्तर घट्दो क्रममा, आगामी २४ घण्टामा कयौं प्रदेशमा...

आज देशका मुख्य नदीहरुमा जलस्तर घट्दो क्रममा, आगामी २४ घण्टामा कयौं प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ, 22 जुलाई 2020

आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायतक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताउनुभयो ।

यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताउनुभयो । महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो । गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो । गत वर्ष १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...