HomeFeatureकम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टि, उपराष्ट्रपतिद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टि, उपराष्ट्रपतिद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

काठमाण्डौ, 22 जुलाई 2020

आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षिय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । पूर्व सांसद समेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।

अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, उर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपती पुग्नुभएको थियो ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...