HomeFeatureआज नेपालमा १३० जना नयाँ संक्रमित थपिँदा कूल संख्या १८ हजार ६...

आज नेपालमा १३० जना नयाँ संक्रमित थपिँदा कूल संख्या १८ हजार ६ सय १३ पुग्यो

काठमाण्डौ, 26 जुलाई 2020

आइतबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन । जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन । आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा  १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ जहा ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा  ३ सय ५८, कर्णाली प्रदेशमा  ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा  १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार प्रदेश नम्बर १ मा २ हजार ९३, प्रदेश नम्बर २ मा २ हजार ७ सय ४७, बागमती प्रदेशमा १ हजार २ सय ९४ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ५ सय ३९, कर्णाली प्रदेशम ९ स ४८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...