HomeFeatureकुसुमखोलामा जनताको घर भत्काउने र आगलागी गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन

कुसुमखोलामा जनताको घर भत्काउने र आगलागी गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन

काठमाण्डौ, 26 जुलाई 2020

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोला घटनाको छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले नेपाल सरकार वन तथा वातावरण मन्त्रालयलाई चितवनको कुसुमखोलामा हात्ति लिएर जनताको घर भत्काउन र आगलागी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो । बैठकपछि समितिका निर्णय सुनाउँदै सभापति कृष्णभक्त पोखरेलले घटनाको छानविन गरी संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्न र कारबाही भएको व्यहोरा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिनुभयो । यस्तै २४ वर्षिय राजकुमार चेपाङको मृत्यु भएको सम्बन्धमा पनि सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न समेत समितिले बन तथा वातावरण मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । बन तथा वातावरण मन्त्रालयको सहसचिवको नेतृत्वमा छानविन समितिको गठन भएको भन्ने जानकारी आएकोले उक्त समितिको प्रतिवेदन सात दिन भित्र समितिमा बुझाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले उक्त प्रतिवेदन पछि आवश्यकता अनुसार समिति भित्रै कार्यदल गठन गरी छानविन गर्ने निर्णय समेत गरेको छ ।

समितिले साउन ३ गते भएको उक्त घटना मानवता विरोधी अपराध भएको ठहर गरेको छ । हात्ति लगाएर घर भत्काउने एवं आगजनी गर्ने कार्य गैह्र संवैधानिक एवं गैह्र कानूनी भएको समेत ठहर गरेको छ । समितिले संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र बासस्थानको हकविपरित गईजनतालाई विपदको समयमा वैकल्पिक व्यवस्था विना घरबासबाट नउठाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । खासगरी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा यो समस्या रहेको भन्दै मानिसहरुलाई घरबासबाट नउठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...