नयाँ दिल्ली, 21 डिसेम्बर 2020
आज वर्षकै सबैभन्दा छोटो दिन विन्टर सल्सटिस हो । हरेक वर्ष 21 डिसेम्बरका दिन विन्टर सल्सटिस पर्ने गर्दछ । गत वर्ष भने विन्टर सल्सटिस २२ डिसेम्बरमा परेको थियो । विन्टर सोल्सटिसको सूर्य धर्तीभन्दा निकै टाढा हुने भएकाले दिन छोटो हुन्छ । तर चन्द्रमा भने धेरै समय सम्म रहन्छ । वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा सूर्यको प्रकाश सीधै साढे २३ डिग्री दक्षिणी अक्षांश रेखा अर्थात् मकर रेखामा पर्न जान्छ । त्यसैले उत्तरी गोलार्धमा दिन छोटो हुन्छ भने रात लामो हुन्छ । त्यस दिन दक्षिणी गोलार्धमा भने दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ । आजको दिनलाई सबैभन्दा चिसो दिन पनि भनिन्छ ।
Winter Solstice लैटिन शब्द हो । यसको अर्थ ‘सूर्य स्थिर भन्ने हुन्छ । वैज्ञानिकका अनुसार धर्ती आफ्नो एक्सिसमा साढे 23 डिग्री झुकेको हुन्छ । यस दिन सूर्य क्याप्रिकोन सर्कलमा पुग्दछ ।









































