HomeFeatureआफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र हो: नेपाल

आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र हो: नेपाल

काठमाडौं, 31 दिसम्बर 2021

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो उदेश्य चूनाव नभएर जनता र जनताको समस्या भएको बताउनुभएको हो । उहाले जनताको समस्या समाधानका लागि आफ्नो पार्टी अग्रपङ्तीमा उभिने जिकिर गर्नुभयो । उहाले छलफल र परामर्शका आधारमा पार्टीले सहि निर्णय गर्ने बताउनुभयो । अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टी प्रति आकर्षण बढेको भन्दै यसले थप उत्साहित बनाएको जिकिर गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जागरण परिषद भण्डारीले आफु सदैव राष्ट्रिय हितको पक्षमा लाग्ने व्यक्ति भएकाले एकीकृत समाजवादीमा आएको बताउनुभयो । उहाले एमसीसीको चालवाजीलाई अव नेपाली जनताले बुझ्नुपर्ने धारणा राख्नुभयो । भण्डारीले केहि बर्ष अघि राष्ट्रिय जनमोर्चामा र एमालेमा पनि हुनुहन्थ्यो । तर, एमालेले एमसीसीको पक्ष लिएको भन्दै असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...