HomeFeatureआयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा

काठमाडौं, 20 जनवरी 2022

कोरोना कहरका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा परेका छन् । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको असर अन्य बस्तुमा पनि देखिने भन्दै सर्वसाधारणहरु चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि दैनिक जिवनयापनमा पनि यसको असर देखिने उपभोक्ताहरुको भनाई छ । उनीहरुले निरन्तर हुने पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिकल्प खोज्नुपर्ने बताएका छन् । निगमनले भने अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको जनाएको छ । निगमले चालू आर्थिक वर्षमै ३ पटक मूल्यवृद्धि गरेको छ भने मूल्यवृद्धि पछि भने घाटा भने भइरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...