HomeFeatureप्रधानन्यायधिशको राजीनामा माग गर्दै आन्दोलनरत बार एशोसिएशनद्वारा बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ

प्रधानन्यायधिशको राजीनामा माग गर्दै आन्दोलनरत बार एशोसिएशनद्वारा बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ

काठमाडौं, 20 जनवरी 2022

प्रधानन्यायधिशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ । कोरोना महामारी बढेपछि बारले बिहीबारदेखि भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिएको हो । न्यायपालिकाको गरिमा कायम राख, विवादित प्रधानन्यायधिश राजीनामा गर भन्दै बारले भर्चुअल रुपमा आन्दोलन गरेको हो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै कोरोनाका कारण भर्चुअल माध्यमबाट भएपनि आन्दोलनलाई जारी राखिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाका कारण कानून व्यवसायी र सेवाग्रहीहरु समस्यामा परेको र श्रेष्ठले अझै पनि राजीनामा नदिएको भन्दै ९० वटा बार इकाइहरुसंग छलफल सुरु गरिएको बताउनुभयो । यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भई थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने उहाले बताउनुभयो । न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको विकल्प नभएको बारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...