काठमाडौं,30 जुलाई 2020
गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडी धर्ना दिएका छन। सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए। अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेको अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ । अभियन्ताहरुले पीसिआर परिक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन। असार २३ गते अभियान्ताहरुले उठाउँदै आएका माग पुरा गर्ने प्रतिपद्धता सरकारले जनाएको थियो।









































