HomeFeatureराष्ट्रिय गौरवका आयोजनाहरु किन तोकिएको लागत र समयमा पुरा हुदैंनन् ?

राष्ट्रिय गौरवका आयोजनाहरु किन तोकिएको लागत र समयमा पुरा हुदैंनन् ?

काठमाडौं,30 जुलाई 2020

राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ। वर्षौदेखि निर्माण सुरु भएका गौरवका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन। राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउनुहुन्छ। गौरवका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकोले यसमा गम्भिरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उहाँले बताउनुभयो। विभिन्न मन्त्राललयका सचिवहरुले स्रोतको समस्याका कारण गौरवका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लक डाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताउनुभयो। निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाकी प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो। पशुपति गुरुयोजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लिम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उहाँले बताउनभुयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताउनभुयो। गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उहाँले बताउनभुयो। हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ । गौरवका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उहाँले बताउनुभयो।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोश जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो। मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्नै भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो। बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उहाँले बताउनुभयो। कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उहाँले बताउनुभयो। सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम तर्फको ४५ किलोमिटर मुल नहर तयार भइसकेको छ । गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ । बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाई गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...