HomeFeatureइस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै, घरमै अदा गरे नमाज

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै, घरमै अदा गरे नमाज

काठमाण्डौ, 25 मई 2020

रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) अदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ । ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।

ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ । यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रुपमा नमाज अदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ । मस्जिदमा गई समूहमा नमाज अदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज अदा गरेर ईद–उल–फित्र मनाउँदैछन् । त्यसैले ईदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिए । मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...