Homeसमाचारउखु किसानलाई १२ दिन भित्र बक्यौता रकम दिलाउने उद्योग मन्त्रीको प्रतिबद्धता, नेपाली...

उखु किसानलाई १२ दिन भित्र बक्यौता रकम दिलाउने उद्योग मन्त्रीको प्रतिबद्धता, नेपाली काँग्रेस किसानको समर्थनमा

काठमाण्डौ , 18 डिसेम्बर 2020

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अवको १०÷१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताउनुभयो ।

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताउनुभयो । सरकारको ठुलो संयन्त्र हुँदाहुँदै पनि उद्योगीहरु भागेर हिंडेको बताउँदै बरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नुपर्ने बताउनुभयो । सरकारले उखु किसानलाई बक्यौता रकम दिलाउन नसके नेपाली कांग्रेस पार्टी पनि उखु किसानको आन्दोलनमा समाहित हुने बताउनुभयो ।

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...