HomeFeatureउत्तर प्रदेशको रामपुरमा अलपत्र परेका 92 नेपालीहरुलाई शिविरमा राखियो, खानापिनाको पनि व्यवस्था

उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका 92 नेपालीहरुलाई शिविरमा राखियो, खानापिनाको पनि व्यवस्था

नयाँ दिल्ली,31 मार्च,

उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका 92 जना नेपालीहरुलाई सोही स्थानको एक कलेजमा रहने खाने व्यवस्था गरिएको छ । दिल्ली-हरियाणा सीमामा रहेको फरीदाबादबाट गौरीफन्टा नाका हुँदै नेपाल जान लागेका उनिहरु ट्राभल्स सञ्चालकहरुको लापरवाहीले उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थिए । उनिहरु अलपत्र परेको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि दिल्लीस्थित युवा नेता सन्दीप रानाले घटनालाई गम्भीरतापूर्वक लिँदै रामपुरकै राजकीय आश्रम पद्दति इण्टर कलेजमा उनिहरुलाई बस्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

उहाँले जानकारी दिँदै भन्नुभयो “लकडाउनका क्रममा केही टूर एण्ड ट्राभल्स सञ्चालकहरुले बदमासी गरि केही नेपालीहरुलाई गाडी खुलेको छ भन्दै अलपत्र पारेका छन । त्यसै क्रममा ट्राभल्स सञ्चालकले फरीदाबादका 92 जनालाई गौरीफण्टाका लागि लैजान लागेका थिए तर उनिहरुलाई रामपुरमै अलपत्र पारेका थिए ।” उनिहरुलाई कमसे कम खानपिनाको व्यवस्था गरिदिन भन्दै उत्तर प्रदेश सरकारका जलशक्ती मंत्री बलदेव ओलखलाई आग्रह गरेपछि राजकीय आश्रम पद्दति इण्टर कलेजमा बस्ने व्यवस्था गरिएको बताउनुभयो । उनिहरुलाई खानापानी र बच्चाहरूका लागी  फलफूल र दुधको व्यवस्था भएको छ । र साथमा रहेकी एक ९ महिने गर्भवती महिलालाई नजिकको सुविधायुक्त अस्पतालमा लग्ने व्यवस्था भएको रानाले बताउनुभयो ।

यसअघि पनि भारतका विभिन्न ठाँउमा अलपत्र परेका नेपालीहरुलाई स्थानिय सरकारको सहयोगमा रहने खाने व्यवस्था गर्नु भएका युवा नेता सन्दीप रानाले सहयोगी राज्य सरकार र स्थानिय सरकारहरुलाई आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...