धनगढी, 31 मार्च/ हिम शाह
संघीय सरकारले कोरोना भाईरस (कोभिड-19) का सम्भावित बिरामीहरूको नमूना परीक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री धनगढी पुगेको छ। चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण तथा पाँच जना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकप्टरमार्फत धनगढी पठाएको हो।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकप्टर प्रयोगशालाका उपकरण लिएर भर्खर धनगढीमा अवतरण गरेको बताउनुभयो। संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो।

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि आवश्यक उपकरणहरू धनगढी पुगेको र भोलीबाटै परीक्षण सुरु हुने सम्भावना रहेको विज्ञहरूको टोलीले जनकारी दिएको छ।









































