काठमाडौं, 23 अप्रेल
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बुधबार राति पार्टी एकता गर्ने सहमती गरेपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल जनता समाजवादी पार्टी दर्ता भएको हो ।
बुधबार भएको सहमती अनुसार एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने र चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राखिएको छ ।

राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
दल विभाजन खुकुलो हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी फुट्ने हल्लालाई चिर्दै राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।









































