धनगढी, 22 अप्रेल/ हिम शाह
सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका 41 वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
युवाको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो। यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका 21 वर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर 5 का 34 वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनिहरु दुवै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ।
अहिले धनगढी उप–महानगरपालिका वडा नम्वर 5 कि 34 वर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर 1 कि 65 वर्षीय महिलाको सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ। अन्य केही शंकास्पद बिरामीको समेत उपचार भईरहेको छ।
नेपालमा बुधवारसम्म कोराना संक्रमितको संख्या 45 पुगेको छ। 7 जना उपचारपछि सन्चो भएर घर फर्किसकेका छन्।










































