HomeFeatureएमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने: ओली

एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने: ओली

काठमाडौं, 20 अक्तूबर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको हो । ओलीले एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने बताउनुभयो । ओलीले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताउनुभयो । त्यस्तै उहाले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताउनुभयो । नेपालको विकासमा केही पार्टीले धक्का पु¥याएको आरोप लगाउँदै ओलीले एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो ।  साठगाँठ नगरीकन आगामी चुनावमा अन्य दलले एउटा वडा पनि जित्ने अवस्था नरहेको उहाको भनाई छ ।  अध्यक्ष ओलीले कांग्रेस आउँदो चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेससंग नागरिकमा जाने कुनै मुद्धा नरहेको बताउनुभयो । ओलीले आफु नेतृत्वको सरकारले मुलुकमा बिकासको बाढि ल्याएको तर्क गर्नुभयो । सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको भन्दै उहाले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको जिकिर गर्नुभयो ।  त्यस्तै उहाले अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार भएको टिप्पणी गर्दै ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको तर्क गर्नुभयो । अध्यक्ष ओलीले बाटो बिराएकालाई एमालेको ढोका सदैव खुल्ला रहने भन्दै माधव नेपाललाई भने अव एमालेमा कुनै ठाँउ नरहेको बताउनुभयो । ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने दावी पनि गर्नुभयो । विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उहाँले कहाँ हुने भन्ने निश्चित भइनसकेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...