HomeFeatureनेपालको सीमा नजिकै बनेको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुरु, भारतीय प्रधानमन्त्रीद्धारा उद्घाटन

नेपालको सीमा नजिकै बनेको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुरु, भारतीय प्रधानमन्त्रीद्धारा उद्घाटन

20 अक्तूबर 2021

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगरमा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नु भएको छ। मोदी सरकारले सन् २०२० मा कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्र र राज्य सरकारले कुशीनगर यात्रामा आउने विदेशी यात्रुहरुलाई लक्षित गर्दै यो विमानस्थल संचालनमा ल्याएका हुन्।  नेपालसँग सीमा जोडिएको यस क्षेत्रमा गौतम बुद्धले निर्वाण प्राप्त गरेको मानिन्छ। गौतम बुद्धको जन्म भएको लुम्बिनीमा पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। नेपालले बौद्ध धर्मवालम्बीलाई समेत लक्षित गर्दै लुम्बिनीमा विमानस्थल निर्माण गरिरहेको हो। लुम्बिनीबाट भारतको कुशीनगर सडक मार्गबाट करिब १८० किलोमिटर टाढा पर्छ। बौद्ध धर्मवालम्बीलाई नेपालले लुम्बिनी भित्र्याउँदै त्यसलाई ‘बुद्धिष्ट हब’ बनाउन अन्तर्राष्ट्रि विमानस्थल निर्माण गरिरहेको समयमा नै भारतले पनि त्यसैको नजिकै अर्को अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याएको हो। त्यसैले पनि यस विमानस्थललाई मोदी सरकारको ‘रणनीतिक मुभ’ का रुपमा हेरिएको छ। धेरै संख्यामा बौद्ध धर्मवालम्बीहरु कुशीनगर क्षेत्रमा पुग्ने गर्छन्। विश्वभर छरिएका बौद्ध धर्मवालम्बीलाई लक्षित गर्दै कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने निर्णय मोदी सरकारले गरेका थिए।

नेपालबाट नजिक कुशीनगरलाई ‘बुद्धिष्ट हब’ का रुपमा विकास गर्न भारतले त्यहाँ अन्तराष्ट्रिय विमानस्थल बनाइएको हो। उत्तर प्रदेशकै आर्थिक अवस्थालाई उकास्ने लक्ष्य सहित करिब २६० करोड भारतीय रुपैयाँमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालन समेत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...