HomeFeatureतीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार...

तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार: खाण

ललितपुर, 1 जनवरी 2022

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताउनुभएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको हो । उहाले कांग्रेस नेतृत्वको लोकतान्त्रीक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाले निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने बताउनुभयो । कांग्रेस जवरजस्ती कब्जाको शैलिमा सरकार बनाउन नचाहने भन्दै उहाले जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको धारणा राख्नुभयो । उहाले जित्नसक्नेलाई उम्मेद्वारी दिने र जिताउन सक्नेको साथ लिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...