HomeFeatureओलीबाट शुक्रबार एकैसाथ जिल्ला कमिटी अधिवेशनको उद्घाटन

ओलीबाट शुक्रबार एकैसाथ जिल्ला कमिटी अधिवेशनको उद्घाटन

काठमाडौं, 7 जनवरी 2022

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका ६१ जिल्लाको कमिटी अधिवेशन गरेको छ । एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार एकैसाथ जिल्ला कमिटी अधिवेशनको उद्घाटन गरिएको हो । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला र प्र्रदेश अधिवेशनको मिति निर्धारण गरेको थियो । जिल्ला अधिवेशनका लागि पार्टीका नेताहरु बिभिन्न जिल्ला पुगेका थिए । काठमाडौंको मुलपानीमा आयोजित एमाले काठमाडौको जिल्ला अधिवेशनमा अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगाएतका नेताहरु पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता इश्वर पोखरेलले निर्वाचनमा एक्लै आउन चूनौति दिदै गठबन्धन बनाएर आएपनि सामना गर्न एमाले तयार रहेको बताउनुभयो । पार्टीबाट चोइटिएर गएका नेताहरुले राष्ट्रिय निर्वाचन एमाले साफ हुन्छ भनेको भन्दै कांग्रेससंग एकता गर्न समाजवादीलाई सुझाव दिनुभयो । नेकपा एमालेले बाँकी १६ जिल्लाहरुको अधिवेशन भने अर्को मितिमा हुने जनाएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ । संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा अधिवेशन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...