HomeFeatureफुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्

फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्

काठमाडौं, 7 जनवरी 2022

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो । खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो । तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ । सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...