HomeFeatureओली पक्ष भन्छ, पार्टी विभाजन भएको छैन त्यसैले अध्यक्ष, महासचिव र माइन्युट...

ओली पक्ष भन्छ, पार्टी विभाजन भएको छैन त्यसैले अध्यक्ष, महासचिव र माइन्युट बिनाको निर्णय अवैधानिक

काठमाण्डौ, 22 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाउनुभएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनैपनि निर्णयले बैधानिकता नपाउने बताउनुभएको छ । बालुवाटारमा सम्पन्न भएको ओली पक्ष केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले बैधानिकता नपाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना पनि बैठक बस्छ र ? बैठक बस्दैन त्यो बैठक हुँदैन । उहाँहरु आफ्नो नजिकको साथीहरु बस्नुहोला त्यो बैठक हुँदैन । त्यो बैठकको निर्णयको कुनै बैधानिकता पनि हुने भएन किनभने बैठक बस्न अध्यक्ष चाहियो, महासचिव चाहियो र माइन्युट चाहियो । सुचना जारी गर्नुपऱ्यो महासचिवले । हाम्रो पार्टीको मौजुदा विधानले त्यही भन्छ । पार्टीको मौजुदा बिधानले महासचिवले बैठकको सूचना र एजेण्डा तय गर्ने भन्छ । पहिलो कुरा यो हो । दोस्रो कुरा पार्टी विभाजित भएको छैन । कमसेकम हाम्रो तर्फबाट, प्रधानमन्त्रीको तर्फबाट पार्टी विभाजित भएको छैन पार्टी एकतावद्ध छ । कमिटीमा साथिहरु थपिनुभएको छ । निर्वाचनमा एक्तावद्ध भएर जानुपर्छ भनेर उहाँले अपिल गर्नुभएको छ । त्यसकारण अहिले विभाजन नै नभएको हुनाले यसमा कसैको हात देखिरहनु परेन। आफ्नो थैलिको मुख बलियो गरी बाधौं अरु कसैलाई दो दिनुपर्ने आवश्यकता छैन् ।

प्रवक्ता ज्ञवालीले बैठकले पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ गतेबाट काठमाडौंमा शुरु गर्ने निर्णय गरेको पनि बताउनुभयो । त्यसबाहेक विधानमा केही सामूहिक संशोधनहरु पनि गरेको बताउनुभयो । उहाँले भन्नुभयो नेपाल कम्युनिष्ट पार्टीको एकता महाधिवेसन २०७८ साल मंसिर २ गते बाट काठमाडौंमा शुरु गर्नेगरी महाधिवेनको मिति निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठकले विधानमा केही समूहिक संशोधनहरु गरेको छ । जसको बारेमा विस्तृतमा जानकारी गराउने छौं । त्यो संशोधनको प्रयोजन पार्टीलाई अहिलेका आवश्यकताहरु पुरा गर्न सक्ने सक्षम र गतिशिल पार्टी बनाउने प्रयोजनको लागि हो ।

एकता महाधिवेशनका लागि ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन भएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो। यस अघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेसन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार गरिएको बताउनुभयो ।

 उहाँले भन्नुभयो बैठकले २०७५ जेठ ३ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को त्यतिबेलाको अवस्थामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी जसको मुख्य अभिभारा २ वर्ष भित्र महाधिवेसन सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा महाधिवेसन सम्पन्न गर्न नसकेको र देश र जनताका सामु उपस्थित महत्वपूर्ण कार्यभारहरुमा ध्यान केन्द्रीत गरेर राज्यको नेतृत्वगर्ने जुन ऐतिहासिक अवसर नेपाल कम्युनिष्ट पार्टीलाई प्राप्त छ त्यसलाई ड्राइभ गर्नेगरी अगाडि बढाउने सन्दर्भमा कमिटी आफ्नै केही समस्याहरुमा अल्झिएको स्थितिलाई ध्यानमा राखेर परिवर्तित सन्दर्भमा नयाँ दायित्व पुरा गर्ने हिसाबले केन्द्रीय कमिटीलाई विस्तार गर्नुभएको छ । पार्टीको पहिलो अध्यक्षको हैसियतले केपी शर्मा ओलीले । अ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ११ सय ९९ सय भएको छ र हाल यसमा १ हजार ३ जना रहने गरी केन्द्रीय कमिटीको विस्तार गर्नेगरी जानकारी गराउन चाहन्छु ।’ 

बैठकले प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाको औचित्यलाई समेत समर्थन गरेको बताउनुभयो । यस्तै बैठकमा के कारणले प्रतिनिधि सभा विघटन गर्नुप¥यो भन्ने सम्बन्धमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले प्रष्ट पार्नुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो चौथो केन्द्रिय कमिटीले सम्माननिय प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणाका औचित्यलाई समर्थन गर्दै एकतावद्ध भएर निर्वाचनको तयारीमा लाग्ने संकल्प गरेको छ । बैठकमा प्रधानमन्त्रीले के कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भयो भन्ने बारेमा कमिटी सदस्यहरुलाई प्रस्ट पार्नुभएको छ । पार्टी र संसदलाई देश र जनताका एजेण्डाहरुमा होइन, कोभिड १९ मा होइन, बाढी र अरु प्राकृतिक विपत्तिबाट आक्रान्त जनताको पिडामा होइन, मुलुकले लिएको राष्ट्रिय स्वाभिमानको राष्ट्रियता सुदृढिकरणको एजेण्डामा होइन केही नेताहरुका कहिल्यैपनि सन्तुष्ट नहुने आकांक्षाहरुको एक किसिमले बन्धक जस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधि सभाको ६४ प्रतिशत सदस्यहरुको समर्थन प्राप्त दलको नेता र प्रधानमन्त्रीको हैसियतले प्रतिनिधि सभा विघटन गरेको जानकारी गराउनुभयो । सरकारले गरेका राम्रा कामहरु र पार्टीका सही विचारहरुलाई लिएर जनताको विचमा जाने र लोकतन्त्र राष्ट्रियता र सामाजिक आर्थिक रुपान्तरण सहित समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्नेगरी सिंगो पार्टी पंतिलाई परिचालित हुन उहाँले निर्देशन दिनुभएको छ ।

बैठकले केन्द्रीय कमिटीको अर्को बैठक आगामी बिहीबार ९ गते दिउसो १ बजे बस्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...