HomeFeatureनेकपा अध्यक्ष ओलीद्वारा महाधिवेशन आयोजक समिति गठन, २०७८ मंसिर २ गते महाधिवेशन...

नेकपा अध्यक्ष ओलीद्वारा महाधिवेशन आयोजक समिति गठन, २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय

काठमाण्डौ, 22 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ ।  मंगलबार बालुवाटारमा आफु पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको हो । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा ५ सय ४७ सदस्य थप  गर्नुभएको छ भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले मंगलबार नै सपथ ग्रहणसमेत गराउनुभएको छ । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो । उक्त समुहको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुभएको हो । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताउनुभयो ।
अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले प्रचण्ड-नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब त उहाँहरु महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने यो बाटोतिर पो खेति गरिराख्नु भएको छ । पार्टी एकीकरण टुङ्ग्याउने एकीकरणको बाटोबाट अगाडी बढाउने होइन् । एकीकरणको बाटोबाट पार्टी अगाडि बढ्ने होइन् । बरु उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यहि प्रकारको खेति गर्नुभएको छ । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेशन गरिसक्ने छौं । हामीले चुनावमा पनि जानुछ अब हामी चुनावको तयारीमा जुटछौं चुनावमा जान्छौं । अर्को चुनाव पछि अरु कामहरु बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरुलाई पुनरगठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कम गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रीय भोट ल्याउनु पर्नेछ ।’ 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...