HomeFeatureओली समुहले अध्यक्ष प्रचण्डलाई दिएको अधिकार खोस्यो, सातै प्रदेशमा नेताहरुलाई संयोजनको जिम्मेवारी

ओली समुहले अध्यक्ष प्रचण्डलाई दिएको अधिकार खोस्यो, सातै प्रदेशमा नेताहरुलाई संयोजनको जिम्मेवारी

काठमाण्डौ, 24 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ । नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताउनुभयो ।

बैठकले सातै प्रदेशमा पार्टी कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई पार्टी संयोजनको जिम्मा दिने निर्णय बैठकले गरेको हो । त्यसैगरी जनसंगठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताउनुभयो । बैठकले आगामी दिनमा पार्टीको बैठक राखि आवश्यक निर्णय गर्न सक्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...