HomeFeatureदिल्लीको ओखलामा भारतीय र नेपालीहरुलाई अभाने एकता मञ्चद्वारा स्वास्थ्य सामग्री वितरण, सराहनीय...

दिल्लीको ओखलामा भारतीय र नेपालीहरुलाई अभाने एकता मञ्चद्वारा स्वास्थ्य सामग्री वितरण, सराहनीय कामको प्रसंशा

नयाँ दिल्ली, 24 डिसेम्बर 2020

नेपाली र भारतीय जनताबिचको सद्भावलाई बढाउदै दिल्लीको औद्यौगिक क्षेत्र ओखलामा अखिल भारत नेपाली एकता मंच भारतले सर्वसाधारणहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । भारतीय र नेपाली जनताबिचको सम्बन्धमा थप सुमधुरता आओस भन्ने उद्धेश्यका साथ मञ्चले नेपाली र भारतीय समूदायका महिलाहरुलाई कोभिड-19 महामारीमा उपयोगी हुने सेनिटाइजर, मास्क लगायत रजस्वलामा प्रयोग हुने प्याड वितरण गरेको हो ।

अखिल भारत नेपाली एकता मंच भारत केन्द्रीय नेता मानु श्रेष्ठ, समाजसेवी शंकर सेन थापा , समाजसेवी विरेन्द्र सिंह लगायतको नेतृत्वमा ओखला क्षेत्रमा बस्ने नेपाली, भारतीय महिला दिदी बहिनीहरुलाई 1 हजार थान सेनिटाइजर, मास्क र 4 हजार थान रजस्वला प्याड पनि वितरण गरिएको हो । अखिल भारत नेपाली एकता मंच भारत केन्द्रीय नेता मानु श्रेष्ठले महामारीबाट बच्नका लागि हामी सबैलाई एक अर्काको साथको आवश्यक रहेकाले अहिले दुवै समूदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताउनु भयो । आफुहरुले यी स्वास्थ्य सामग्रीको पहुँचबाट टाढा रहेका गरिब महिलाहरुलाई प्राथमिकता दिएर सामग्री वितरण गरेको बताउनु भयो ।  उहाँले यस किसिमको स्वास्थ्य सामग्री वितरण अभियान बिस्तारै दिल्ली-एनसीआरका अन्य क्षेत्रमा पनि सञ्चालन गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...