24 नोभेम्बर, हेमन्त जोशी, (मुडभरी) दिल्ली
कतारको दोहास्थित सनैयामा एक नेपाली दुर्घटनामा परि गम्भीर घाईते भएका छन । रोजगारीका लागि कतरमा रहेका कञ्चनपुरको पुनरबास नगर पालिका ५ का भीम खत्री दुर्घटनामा परि गम्भीर घाइते भएपछि अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार खत्री दोहाको अल तमूह भन्नेमा कार्यरत छन । दुर्घटनामा गभ्भीर घाइते भएका उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको उनका अंकल नवीव खत्रीले जानकारी दिनुभएको हो । उनि काममा जाँदै गरेका बेला कारले ठक्कर दिएपछि उनि घाइते भएका हुन ।









































