गुजरात, 24 नोभेम्बर 2020
नेपाल-भारत बस सञ्चालन गर्दै आएको बर्दादेवी टूर एण्ड ट्राभल्सले फेरि एक पटक सयौं नेपालीहरुलाई अलपत्र पारेको छ । कैलालीको धनगढीबाट मुम्बई र पुणेका लागि भन्दै लिएर आएको करिब 150 जनालाई सुरतमा अलपत्र पारेको बसका एक जना यात्रुले नेशनल लाईभलाई बताएका छन । यद्धपी उनि आएको बसमा 90 जना सवार भएपनि डेढ सय जना जतिलाई बर्दादेवी टूर एण्ड ट्राभल्सले लिएर आएको बताएका छन । यात्रुका अनुसार बर्दादेवी टूर एण्ड ट्राभल्सले पहिला त एक रातभरि पलियामै रोकाएको र त्यसपछि बाटोभरि आफ्नो मनमर्जी गर्दै आएको र अन्त्यमा पुणे र महाराष्ट्र जानुपर्ने यात्रुहरुलाई सुरतको एक हाइवेमा छोडेको छ । केही नभनि आज दिउँसो 12 बजे सुरत पुऱ्याएको ट्राभल्सले त्यहाँबाट गाडी बद्लिने बताएको छ तर अहिलेसम्म गाडीको व्यवस्था नगर्दा साना-साना बालबालिका, महिला र अन्य यात्रुहरु समस्यामा परेका छन । जाडोको मौसम र कोभिड-19 महामारीका बिच यसरी अलपत्र पारेपछि उनिहरुले सहयोगका लागि विभिन्न संघ-संगठनहरुलाई गुहारेका छन । उनिहरु अहिले सुरतको न्यू निलम होटलमा रहेका छन । बसका एक अर्का यात्रुले भने आफुहरुसँग 3 हजारदेखि 4 हजारसम्म भाडा लिइएको छ । उनिहरु मध्ये कयौं मानिसहरुसँग गर्भवति महिलासमेत रहेकाले उनिहरु निस्किरहेका छन । यात्रुहरुसँगै रहेका ट्राभल्सका स्टाफसँग घटनाबारे जान्न खोज्दा भने उनले फोन उठाएका छैनन ।
बर्दादेवी टूर एण्ड ट्राभल्सले नेपालीहरुलाई यसरी बाटोमा अलपत्र पारेको यो नयाँ घटना होइन । यसअघि पनि बेङ्गलोर जाने यात्रुहरुलाई ट्राभल्स पुणेमा अलपत्र पारेको थियो ।









































