HomeFeatureकर्णाली सभामा पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता:माधवकुमार

कर्णाली सभामा पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता:माधवकुमार

काठमाडौं, 10 अगस्त, 2021

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गर्नुभएको छ । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हाशिल गरेको  सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । उहाँले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईहरुको सदस्यता धरापमा छ भने यदी तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाइहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पार्नुभयो । आफुहरु दृढताका साथ अगाडी बढ्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामी अगाडी बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भि, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ ।

उहाँले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...