HomeFeatureदार्चुला घटनाबारे सापकोटाको ध्यानाकर्षण

दार्चुला घटनाबारे सापकोटाको ध्यानाकर्षण

काठमाडौं, 10 अगस्त, 2021

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले सो घटनाको सत्यतथ्य पत्ता लगाइ विस्तृत विवरणसहितको जानकारी प्रतिनिधिसभामा छिट्टै दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दै गर्दा तुइनबाट खसेर बेपत्ता हुनुभएका जयसिंह धामीको विषयमा मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाइ घटनाको बिस्तृत विवरण सहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...