HomeFeatureकाँग्रेसले माग्यो सरकारले कोरोना रोकथामका लागि खर्च गरेको 10 अर्बको हिसाब

काँग्रेसले माग्यो सरकारले कोरोना रोकथामका लागि खर्च गरेको 10 अर्बको हिसाब

काठमाण्डौ, 9 जुन 2020

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पुर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले दंम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गर्नुभयो ।  प्रतिनिधिसभामा आफुहरुले कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आफूहरुले आवाज उठाउदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेको को आपत्ती जनाउदै प्रश्न गर्नुभयो । उहाँले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोश पोख्नुभयो ।

उहाँले नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको मृत्यु भएको र स्वास्थ्य मन्त्रालयले नेपालमा १४ जनाको मृत्यु भएको  र ३७ सय ६२ जना संक्रमित भएको भनेको बताउँदै भोकबाट मारिएका सुर्य बहादुर तामाङ्ग र झुण्डिएर मरेका चन्द्र बहादुर परियार र औषधी खान नपाएर मरेकी कंका देवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कस्ले लिन्छ । क्वारेन्टाईनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ?  भन्दै प्रश्न गर्नुभयो ।

अदालत, संसद, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उहाँले आपत्ती जनाउनुभयो । विज्ञहरु संगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडिटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ती जनाएको छ । उहाँले अस्पतालको तयारी , संक्रमित बढ्दै गर्दा कुन अस्पतालमकति सामाग्री थपियो, कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गर्नुभयो । उहाँले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गर्नुभयो । उहाँले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...