HomeFeatureराष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न सांसद लक्ष्मण लाल कर्णको अनुरोध

राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न सांसद लक्ष्मण लाल कर्णको अनुरोध

काठमाण्डौ, 9 जुन 2020

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न अनुरोध गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उहाँले राष्ट्रियतामा शंका नगर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन । हामी पटक पटक भनिरहेका छौ । तर पनि आज मैले सुन्दा जुन अर्नगल कुरा सरकारपक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यसकिसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ ?यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ । त्यसकारण यस किसिमका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ । ”

उहाँले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भूभागसँग सम्बन्धीत विषय भएकाले संविधानको धारा ४ को क र ख लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “सुगौलि सन्धि भएकै हो । हार वा जीतको कुरा गर्ने  होइन । समय सापेक्ष सुगौली सन्धि भएको हो । त्यसपछि देशले विभिन्न सन्धि गरेको छ । महाकाली सन्धि गरेको छ । १९ सय ५० को सन्धी गरेको छ । कस्ले कस्ले गरेको हो ? आत्मालाई साँक्षी राखेर आज सोचोस् । यो इतिहासको कालघडीमा के के गर्नुभयो ? राष्ट्रवाद त्यो हो । कस्ले भूमि गुमाए ? ”

भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...