नयाँ दिल्ली, 16 जनवरी 2020
भारतीय जनता पार्टीले काँग्रेस सरकारले 1984-को सिख विरोधी हमलाको छानबिनमा जानीजानी ठिलाई गरिएको बताएको छ। यसमा दोषीहरूलाई पक्राउ गर्ने कुरामा आनाकानी गरेको भाजपाले बताएको छ।
नयाँ दिल्लीमा पत्रकारहरूससित कुराकानीमा पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री प्रकाश जावडेकरले आज पेश गरिएको न्यायाधीश ढीङ्गरा आयोगको प्रतिवेदनको उल्लेख गर्दै प्रतिवेदनबाट काँग्रेसले कहिले पनि यस विषयमा छानबिनको लागि पहल नगरेको बताउनुभयो।
अधिकारीहरू र पुलिसहरूले छानबिनमा आनाकानी गरेकाले सिखहरूको हत्याका दोषीहरूलाई सजाय दिन नसकिएको मन्त्री जावडेकरले बताउनुभयो।
भाजपाका वरिष्ठ नेताले निर्भया सामूहिक बलात्कारको दोषीहरूलाई फाँसीको सजाय दिनमा आम आदमी पार्टी सरकारले लापरवाही गरेको आरोप गलाउनुभयो।









































